शिक्षक नै भक्षक, अध्यापन भन्दै दुई छात्रामाथि पटकपटक यौन दुर्व्यवहार

शिक्षक नै भक्षक, अध्यापन भन्दै दुई छात्रामाथि पटकपटक यौन दुर्व्यवहार
सुन्नुहोस्

आफनै छात्रामाथि गिद्देदृष्टि लगाउँदै अनेकौं हर्कत गरेका दुई शिक्षकलाई प्रहरीले पक्रेको छ ।

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका वडा ६, स्थित कमलादेवी माविका शिक्षकद्वय सुरेन्द्र कोइराला र कविराज पौडेललाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको बताइएको छ ।

सोही विद्यालयमा अध्ययनरत दुई छात्राले शिक्षकद्वयले आफूहरुमाथि यौन दुर्व्यवहार गरेको लिखित जाहेरी दर्ता गराएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

डिएसपी निरञ्जन भट्टराइका अनुसार पक्राउ परेका शिक्षकहरुलाई हाल हिरासतमा राखिएको छ । जिल्ला अदालत सिन्धुपाल्चोकबाट  सात दिनको म्याद थप गरेर आवश्यक अनुसन्धान अगाडि बढाइएको छ ।

टिप्पणीहरू