झम्सीखेलमा गोली चल्यो, घाइतेको अस्पतालमा उपचार

झम्सीखेलमा गोली चल्यो, घाइतेको अस्पतालमा उपचार
सुन्नुहोस्

ललितपुरको झम्सीखेलमा गोली चलेको छ । आशंकित लागुऔषध कारोबारी पक्रने क्रममा गोली प्रहार गर्नुपरेको प्रहरीले जनाएको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोली हानेर लागुऔषध कारोबारी अविनाश राईलाई नियन्त्रणमा लिएको हो । उनको साथबाट आइस ड्रगका साथै एक थान पेस्तोलसमेत बरामद भएको जनाइएको छ । 

राईले प्रहरीमाथि आक्रमणको प्रयास गरेकाले गोली चलाउनु परेको प्रहरीको भनाई छ । प्रहरीको गोली दायाँ गोडामा लागेका राईलाई उपचारको निम्ति अस्पताल पुर्याइएको छ ।

टिप्पणीहरू