भारतसँग नेपालको लज्जास्पद हार

भारतसँग नेपालको लज्जास्पद हार
सुन्नुहोस्

यू-१९ एसिया कप क्रिकेटमा नेपालले भारतसँग लज्जास्पद हार व्यहोरेको छ । 

दुबईको आईसीसीए २ मैदानमा भर्खरै सम्पन्न खेलमा भारतले नेपाललाई १० विकेटको फराकिलो अन्तरले हराएको हो । टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल २२.१ ओभरमा अलआउट हुँदै ५२ रनमा समेटिएको थियो । 

५३ रनको झिनो लक्ष्य भारतले ७.१ ‍ओभरमा भेट्टायो । उसका लागि ओपनर ब्याटर अर्हिन कुलकर्नीले ४३ र आदर्श सिंहले १३ रन बनाए । त्यसअघि नेपालले अत्यन्तै फितलो ब्याटिङ प्रदर्शन गरेको थियो । नेपाली टोलीका कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । आजको हारसँगै नेपाल समूह चरणबाटै बाहिरिएको छ । 

एसियाकपको समूह ‘ए’ मा रहेको नेपाल पहिलो खेलमा पाकिस्तानसँग सात विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा अफगानिस्तानसँग ७३ रनले हारेको थियो।

टिप्पणीहरू