अवैध नदीजन्य पदार्थ बोक्न ठिक्क परेका दर्जनौं गाडी बगरमा

अवैध नदीजन्य पदार्थ बोक्न ठिक्क परेका दर्जनौं गाडी बगरमा

कास्कीमा अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन्मा प्रयोग भएका साढे चार दर्जन सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको टोलीले अवैध रुपमा प्राकृतिक  स्रोतको दोहनमा संलग्न ५६ वटा सवारीसाधन (ट्रक, ट्रिपर र ट्रयाक्टर) लाई नियन्त्रणमा लिएको जनाइएको छ । 

ती सवारीसाधनले कास्कीका विभिन्न स्थानमा नदीजन्य पदार्थ उत्खनन् गरी फर्जी बिल समेत बनाई चोरी निकासी गरेको प्रहरीको आरोप छ । 

प्रहरीका अनुसार भ्याटबिल, कागजपत्र नभएका ती सवारीसाधनले नक्कली कागजपत्रको आधारमा नदीजन्य पदार्थ ढुंगा, गिट्टी, बालुवा ओसारपसार गर्ने गरेको यथार्थ खुलेको छ । 

नियन्त्रणमा लिइएका सबै सवारीसाधनलाई आवश्यक कारबाहीको निम्ति पोखरा महानगरपालिकामा बुझाइएको छ ।

टिप्पणीहरू