मन भए पनि जाजरकोट जान मुश्किल

मन भए पनि जाजरकोट जान मुश्किल

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का युवा नेता गोकुल बाँस्कोटा र महेश बस्नेतको नाम जाजरकोटको भूकम्प पीडित क्षेत्रमा पार्टीले सञ्चालन गरेको राहत तथा पुनर्निर्माण कार्यक्रम र संगठन सुदृढीकरणका लागि झुलाघाटदेखि चिवाभञ्ज्याङ्सम्मको लङ्मार्चमा पनि देखिएको छैन । 

यसैबीच, उपत्यका विशेष प्रदेश कमिटीको तर्फबाट तत्कालीन पेशागत काठमाडौं जिल्ला कमिटीका पूर्वसचिव प्रकाश भट्टराई जाजरकोट खटिएका छन् । भूकम्पको केन्द्रबिन्दु रामीडाँडा बारेकोटमा बिजुलीको सुविधा छैन । मोबाइल रिचार्ज गर्न दुई घण्टाको बाटो हिँड्नुपर्ने र चार्ज गर्ने ठाउँमा लाइन बस्नुपर्ने अवस्था छ । बिजुली बत्ती छैन, गाँस र बासको पनि राम्रो जोगाड हुन सकेको छैन ।

जसकारण माथिल्लो कमिटीसँग निर्देशन र सल्लाह लिन गाह्रो छ । खटिएकाहरू मुश्किलले घर परिवारसँग मोबाइल सम्पर्कमा रहने गरेका छन् । सो अभियानसँग जोडिए पनि बारेकोट नगएका नेता भने ‘के जानु ? चिसो छ, बूढो भई सकियो’ भन्दै पन्छिएको बताइन्छ । त्यसरी खटिने टोलीका सदस्यहरूले आतेजाते सम्पूर्ण खर्च आफैंले व्यहोर्नु पर्ने उर्दि एमाले पार्टीको छ । 

पार्टीले खर्च नदिने भएपछि निम्न आय भएका सर्वहारा एमालेहरू फिल्डमा जान सक्ने अवस्था रहेन । सहयोग गर्न इच्छा हुँदा चन्दा उठाएर जानुपर्ने वा अध्यक्ष ओलीको पछिपछि लाग्दै वा ताँती लगाउँदै जानुपर्ने अवस्था थियो । तर यी दुवै काम एमालेले गरेको छैन । भूकम्प प्रभावित क्षेत्रमा अमृत बोहोरा, अष्टलक्ष्मी शाक्य, केशव बडाल पनि गएका छैनन् । 
 

टिप्पणीहरू