प्लेन चढेर पोखरा जान लागेका सुनारलाई गाडीमा राखेर बानेश्वर लगियो

प्लेन चढेर पोखरा जान लागेका सुनारलाई गाडीमा राखेर बानेश्वर लगियो
सुन्नुहोस्

विदेश पठाइदिने प्रलोभनमा पारेर सर्वसाधारणलाई ठग्दै आएका एक व्यक्ति त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट समातिएका छन् । 

आज दिउँसो हवाई मार्ग हुँदै पोखरा जान लागेका सन्दिप सुनारलाई सीआइबीको टोलीले विमानस्थलको आन्तरिक टर्मिनलको प्रस्थान कक्षबाट नियन्त्रणमा लिएको हो । सीआइबीले उनलाई थप अनुसन्धानका लागि काठमाडौँ उपत्यका अपराध अनुसन्धान महाशाखा बानेश्वरको जिम्मा लगाएको छ । 

बुद्ध एयरको उडान नम्बर ६१७ मा १:२५ बजे पोखरा उड्न लागेका बेला समातिएका सुनारलाई साढे १ बजे बा १२ च ८३४९ नम्बरको गाडीमा राखेर विमानस्थलबाट बानेश्वर लगिएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार उनीविरुद्ध विभिन्न व्यक्तिलाई बिदेश पठाईदिन्छु भनेर मोटो रकम असुली गरेको आरोप लागेको छ ।
 

टिप्पणीहरू