बाबुलाई ढुंगाले हानेर मारेको आरोपमा छोरा पक्राउ

बाबुलाई ढुंगाले हानेर मारेको आरोपमा छोरा पक्राउ

चितवनमा आफ्नै बाबुको हत्या गरेको आरोपमा एकजना समातिएका छन् । ४१ वर्षीय रामशरण चेपाङको हत्या गरेको अभियोगमा ईच्छाकामना गाउँपालिका-३ चुम्लिङटार बस्ने उनका छोरा २१ वर्षीय सुनिल चेपाङलाई प्रहरीले पक्राउ गरेको हो ।

सुनिलले सामान्य बादबिबादका क्रममा ढुङगाले प्रहार गर्दा गम्भीर घाइते भएका रामशरणको भरतपुर सरकारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएपछि उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय मुग्लिङ र अस्थायी प्रहरी पोष्ट फिस्लिङबाट खटिएको प्रहरी टोलीले उनलाई पक्रेको हो । 

प्रहरीका अनुसार घटनाका सम्बन्धमा आवश्यक जाँचबुझ भैरहेको छ ।

टिप्पणीहरू