चीनको पश्चिम भेगमा भूकम्प, एकसय बढीको निधन
चीनको उत्तर पश्चिम क्षेत्रमा गएको भूकम्पमा कम्तिमा एक सय ११ जनाको मृत्यु भएको छ । रातको समयमा भएको भूकम्पमा २ सय २० जनाभन्दा बढी घाइते भएका छन् ।
गान्सु प्रान्तमा एक सय र छिमेकी छिङहाईमा ११ जनाको मृत्यु भएको बताइएको छ । ५ दशमलब ९ म्याग्निच्युडको भूकम्पमा निकै भौतिक क्षति भएको प्राप्त समाचारमा उल्लेख छ ।
चिनियाँ अधिकारीहरुले उद्धार र राहतको निम्ति टोलीहरु परिचालित भइसकेको जनाएको छ । भूकम्प प्रभावितहरुको उद्धार र राहका लागि सबै संयन्त्र परिचालन गर्न राष्ट्रपति सी चिनपिङले निर्देशन दिनुभएको चिनियाँ सञ्चार माध्यमहरुले जनाएका छन् ।
गत सेप्टेम्बरमा सिचुआन प्रान्तमा ६.६ म्याग्निच्युडको भूकम्प गएको थियो । उक्त भूकम्पमा ६० जनाभन्दा बढीको मृत्यु भएको थियो ।
टिप्पणीहरू