सरकारी निकायहरू

सरकारी निकायहरू

सुन्नमा आएको छ कि विद्युत प्राधिकरणले तार भूमिगत गर्न खोज्दा सडक विभागले गर्न दिएन । तार भूमिगत गर्न सडक खन्नुपर्ने थियो । तर सडक विभागले मानेन । 
कहिलेकाहीं यस्तो पनि सुन्नमा आउने गथ्र्यो, नेपाल आयल निगमले तेलको पाइप बिछ्याउन खोजेको थियो वन विभागले बिछ्याउन दिएन । सडक विभागले बाटो बनाउने खोजेको थियो, पुरातत्व विभागले डोजर चलाउन दिएन । 

अर्थात् कुनै एउटा सरकारी निकायले काम गर्न खोज्छ, अर्को निकायले गर्न दिँदैन । आखिर सरकारी निकायलाई काम गर्न नदिने त सरकारी निकाय नै रहेछन् । एउटा सरकारी निकायको कामलाई अर्को सरकारी निकायले रोकिरहेको हुन्छ । नेपालमा यी सरकारी निकायहरू काम गराउनलाई होइन कि काम नगराउनलाई गठन गरिएका रहेछन् । न आफू काम गर्छन्, न अरुलाई काम गर्न दिन्छ ।

यी सरकारी निकायहरू सरकारकै तलब खान्छन् । अनि सरकारकै अर्को निकायलाई काम गर्नबाट रोक्छन् । सरकारलाई सरकारी निकायले नै काम गर्न नदिएपछि सरकारले काम गर्छचाहिँ कसरी हँ ?
 

टिप्पणीहरू