बलात्कारी लामा कुवेतमा भेटिए

बलात्कारी लामा कुवेतमा भेटिए

इन्टरपोलबाट रेड नोटिस जारी भएका एक जना फरार अभियुक्त कुवेतमा पक्राउ परेका छन् । जबरजस्ती करणी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएपछि काभ्रेपलाञ्चोकको चौरीदेउराली गाउँपालिका–८ का ३१ वर्षीय उमेश लामा प्रहरीको नियन्त्रणमा पुगेका हुन् । 

प्रहरी वृत्त जगाती, भक्तपुरमा जबरजस्ती करणी मुद्दा दर्ता भएपछि अनुसन्धानको क्रममा उनी वैदेशिक रोजगारीको सिलसिलामा कुवेतमा रहेको खुल्न आएको थियो । एनसिबी कुवेतको समन्वयमा उनलाई कुवेतमा पक्राउ गरी नेपाल ल्याइएको प्रहरीले जनाएको छ । 

अन्तर्राष्ट्रियस्तरमा खोजतलास एवम् पक्राउका लागि नेसनल सेन्ट्रल ब्यूरो (एनसिबी) काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट गत असोज ११ गते उनीविरुद्ध रेड नोटिस जारी भएको थियो । पक्राउ परेका लामामाथि आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।

टिप्पणीहरू