बालविवाह गर्ने ४० वर्षे दुलाहासहित पाँच पक्राउ, तीन वर्ष कैदको कानुनी व्यवस्था

बालविवाह गर्ने ४० वर्षे दुलाहासहित पाँच पक्राउ, तीन वर्ष कैदको कानुनी व्यवस्था
सुन्नुहोस्

नवलपुरमा बालविवाह गरेको आरोपमा बेहुलासहित पाँच जना पक्राउ परेका छन् । सदरमुकाम कावासोती नगरपालिका वडा नम्बर १० मगरकोटका ४० वर्षीय पुरुषसँग् १६ बर्षीया बालिकाको जबरजस्ती विवाह गराइएको बताइएको छ । 

उक्त आरोपमा बेहुलासहित पाँच जना पक्राउ परेको नवलपुरका प्रहरी निरीक्षक साजन शर्माले बताए । प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएर मुलुकी फौजदारी अपराध संहित २०७४ को दफा १७३ बमोजिम कारबाही प्रक्रिया अगाडि बढाइएको जानकारी दिएको छ । 

उक्त दफाअनुसार जबर्जस्ती  बालविवाह गर्ने र गराउनेलाई तीन वर्ष कैद र ३० हजार रुपैयाँ जरिवाना वा दुवै हुनसक्ने व्यवस्था छ ।
 

टिप्पणीहरू