युवतीको फेक एकाउण्ट बनाउँदै पुरुषद्वारा ‘ब्ल्याक मेलिङ’

युवतीको फेक एकाउण्ट बनाउँदै पुरुषद्वारा ‘ब्ल्याक मेलिङ’

सामाजिक सञ्जालमार्फत् फिरौती रकम असुलेका तीन जनालाई प्रहरीले चितवनमा नियन्त्रणमा लिएको छ । युवतीको फेक फेसबुक अकाउण्ट बनाएर विभिन्न पुरुषसँग असुलेका उनीहरुलाई नियन्त्रणमा लिइएको बताइएको छ ।

उनीहरुले पुरुषहरुलाई अश्लिल भिडियो र फोटो पठाउँदै उनीहरुसँगको भिडियो कलको फोटो र भिडियोलाई स्क्रिन रेकर्ड तथा स्क्रिन सट गरेर धम्काउँदै रकम उठाएको अनुसन्धानबाट खुलेको छ । त्यस्तो कार्यमा संलग्न भएकाहरुमध्ये  भरतपुर महानगर १६ बाट रत्ननगर नगरपालिका १३ का २० वर्षे प्रवेश रिमाल, सिराहाको लाहान नगरपालिका १ का १९ वर्षे युनिक सिंह, कास्कीको पोखरा महानगरपालिका २९ बस्ने २२ वर्षे अनुराग घिमिरेलाई पक्राउ गरिएको हो । 

उनीहरुको साथबाट फिरौती लिएको ७६ हजार रुपैयाँ र चार थान मोबाइल बरामद भएको जनाइएको छ । सोही गिरोहले कास्कीमा समेत केहीसँग फिरौती मागेको प्रहरीको भनाई  छ ।

टिप्पणीहरू