गाई काटेका तीन जनालाई अदालतबाट म्याद थप

गाई काटेका तीन जनालाई अदालतबाट म्याद थप
सुन्नुहोस्

कपिलवस्तुमा गाईको मासु भाग लगाउँद गरेका तीन जना प्रहरी हिरासतमा पुगेका छन् । इलाका प्रहरी कार्यालय पिपराले बाणगंगा नगरपालिकामा गाई काटेको आरोपमा उनीहरुलाई पक्राउ गरेको हो । 

बाणगंगा नगरपालिका–१० पटना, भावपुरका २० वर्षीय सुरज बिकको घरमा मासु भाग लगाउँदै गरेको अवस्थामा उनीहरु समातिएका हुन् ।

प्रहरीले बुद्धभूमि–१० का ५५ वर्षे बर्साती थारु, रुपन्देहीको कञ्चन गाउँपालिका ५ भैसियाईका ३० वर्षीय श्रीधर टमटा पनि एक सय केजी गाईको मासुसहित पक्रेको जनाएको छ । 

उनीहरुलाई जिल्ला अदालत कपिलवस्तुबाट पाँच दिनको म्याद थपेर अनुसन्धान थालिएको छ ।
 

टिप्पणीहरू