ठगेर कतार पुगेपछि इन्टरपोलद्वारा रेड कर्नर नोटिस जारी

ठगेर कतार पुगेपछि इन्टरपोलद्वारा रेड कर्नर नोटिस जारी
सुन्नुहोस्

कतार पुगेका एक जना फरार अभियुक्त पक्राउ परेका छन् । ठगी तथा संगठित अपराध मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएपछि धनुषाको औरही गाउँपालिका–५ का ४४ वर्षीय रजिन्द्र पासमान समातिएका हुन् । 

उनीलगायत अन्य व्यक्तिले पीडितको माछापुच्छ्रे बैंकको खातामा रहेको नौ लाख रुपैयाँ अनाधिकृत रुपमा ट्रान्सफर गरी विभिन्न बैंकको एटिएम कार्डमार्फत् निकालेर प्रयोग गरेको प्रहरीको आरोप छ ।

अनुसन्धानका क्रममा वैदेशिक रोजगारीको सिलसिलामा पासमान कतारमा रहेको देखिएपछि एनसिबी दोहा, कतारको समन्वयमा प्रहरीले उनलाई पक्रेर नेपाल ल्याएको हो ।

अन्तर्राष्ट्रियस्तरमा खोजतलासको निम्ति इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयबाट गत डिसेम्बर ७ मा उनीविरुद्ध रेड नोटिस जारी भएको थियो । उनीमाथि आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।

टिप्पणीहरू