हुन्न भन्ने गगन आफैँ हौसँदा

हुन्न भन्ने गगन आफैँ हौसँदा

अघिपछि जे–जसो भने पनि कांग्रेस बैठकमा गाली खाइएला भनेर सभापति देउवाविरुद्ध हत्तपत्त कोही बोलिहाल्ने गर्दैनन् । तर, भर्खरै सम्पन्न केन्द्रीय कार्यसम्पादन समिति बैठकमा अर्जुननरसिंह केसीले मज्जैसँग तीतो पोखे ।

राष्ट्रियसभाको निर्वाचनलाई दृष्टिगत गर्दै माघमा बोलाइएको महासमिति बैठक सारियो । त्यसपछि हो, अर्जुन कराएको । ‘केन्द्रीय कार्यसमितिले निर्णय गर्ने, कार्यसम्पादन समितिले त्यसलाई उल्ट्याइदिने’, उनले भने, ‘नीति परिवर्तन गर्दै जाने, निर्णय लागू नगर्ने कुरामा म सहमत छैन ।’ उनले गरिएका निर्णय लागु नगर्ने हो भने जनताको विश्वास जित्न नसकिने तर्क गरेका थिए ।

तर, बैठकमा सभापति देउवाको प्रस्तावलाई महामन्त्री गगन थापाले नै प्रस्तुत गरेका कारण त्यो पारित हुने नै भयो । यसरी महासमिति बैठक सार्ने कुराको विरोध उनलेबाहेक अरुले गरेनन् । त्यो कुरा सम्झिँदै बैठक सकिएपछि उपसभापति पूर्णबहादुर खड्काले हाँसेर अर्जुननरसिंहलाई भन्दै थिए, ‘कसैले विरोध नगरेको कुरामा किन एक्लै कराएको ?’

बैठकमा शेखर कोइराला उपस्थित थिएनन् । बैठकअघि महासमिति बैठक सार्ने कुराको गगनले विरोध गरे पनि बैठकमा उनैलाई प्रस्ताव पेश गर्न लगाइएको थियो । 
सरकार र गठबन्धनबारे पनि बैठकमा कुरा उठ्यो । आफ्ना र अरुका मन्त्रीहरूको मूल्यांकन, विश्लेषण, समीक्षा हुनुपर्ने भन्दै अर्जुनले भ्रष्टाचारमा मुकदर्शक र साक्षी भइरहेको कुरालाई जनताले हेरिरहेको बताए । एनसेल प्रकरण कोट्याउँदै भने, ‘नीतिगत भ्रष्टाचारमा सबैको चोचोमोचो मिलेको छ ।’
 

टिप्पणीहरू