खोया प्रहार

खोया प्रहार

मिसन चौरासीका नायक रवि लामिछानेमाथि अचानक खोया प्रहार भएछ । धुवाँधार भाषण गरिरहेकै ठाउँमा कता कताबाट खोया प्रहार हुनासाथ उहाँले सोध्नुभयो, ‘यो खोया कसको ?’ उहाँले ठान्नुभएको होला, बल्खुबाट वा सानेपाबाट वा पेरिसडाँडाबाट मेरो भन्ने उत्तर आउँछ होला । तर उत्तर एउटा अनौठो मानिसबाट आयो । उत्तर दिने मानिस न बल्खुको थियो, न पेरिसडाँडाको, न सानेपाको । खोया कहाँबाट प्रहार भएको हो, थाहा नपाएपछि उहाँले भन्नुभयो, ‘यो त रहस्यमय भयो । के खोया आकाशबाट झरेको हो ?’

अन्त्यमा उहाँले नै भन्नुभयो, ‘खोया जहाँबाट प्रहार भए पनि म यसलाई  घरमा सजाएर राख्नेछु ।’

आफैँमाथि प्रहार भएको खोया सजाएर राख्ने उहाँको वचनले मलाई प्रभावित बनायो । यो त महान् कुरा हो । 

एकदिन म उहाँको घरमा पुगेँ । यो आजभन्दा दश वर्षजति पछाडिको कुरा हो । अर्थात् आज हामी जुन समयमा छौँ, त्यसको दश वर्षपछिको कुरा गर्दै छु । खास त म दश वर्षअघि उहाँमाथि प्रहार भएको खोयालाई उहाँले सजाएर राख्नुभएको छ कि फाल्नुभयो भनेर बुझ्न गएको थिएँ । 

तर, उहाँको घर पुग्दा भने म छक्क भएँ । किनभने त्यहाँ त पूरा खोयै खोयाको म्युजियम नै खोलिएको थियो । 

टिप्पणीहरू