झाडीमा नाबालिका बलात्कृत

झाडीमा नाबालिका बलात्कृत

सिन्धुपाल्चोकमा १० वर्षीया नाबालिका बलात्कृत भएकी छन् । सुनकोशी गाउँपालिका ६, कोइलेका २७ वर्षे कृष्ण भण्डारीलाई नाबालिका बलात्कार गरेको अभियोगमा प्रहरीले नियन्त्रणमा लिएको छ ।

भण्डारीले ती बालिकालाई स्थानीय झाडीमा लगेर करणी गरेका हुन् । पीडित परिवारको उजुरीपछि प्रहरी चौकी ठूलोपाखरबाट खटिएको टोलीले भण्डारीलाई पक्रेको हो ।

 

टिप्पणीहरू