टहरामा जुवाको खाल, कोठाका जुवाडे पनि प्रहरीको फन्दामा

टहरामा जुवाको खाल, कोठाका जुवाडे पनि प्रहरीको फन्दामा

काठमाडौंमा एक दर्जनभन्दा बढी जुवाडेलाई प्रहरीले खालबाटै समातेको छ । गोकर्णेश्वर नगरपालिका–९ गोकर्ण भगवती स्थानस्थित सिन्धुपाल्चोकका ४४ वर्षीय दुर्गालाल तामाङको टहरामा जुवा खेलिरहेको अवस्थामा उनीसहित आठ जना पक्राउ परेका हुन् । 

प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले गएराति उनीहरुलाई ४१ हजार रुपैयाँ नगद र तीन तासबुकसहित नियन्त्रणमा लिएको जनाएको छ । 

यस्तै, काठमाडौं महानगरपालिका–१७  कालधारास्थित नेष्ट अपार्टमेन्टमा बस्ने काभ्रेका ३३ वर्षीय हिमाल तामाङको कोठामा जुवा खेलिरहेको अवस्थामा पनि प्रहरीले उनीसहित आठ जनालाई समातेको छ । 

विशेष सुराकीको आधारमा प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले गएराति उनीहरुलाई पक्रेको हो । उनीहरुको साथबाट एक लाख ६२ हजार नौं सय रुपैयाँ नगद र एक तासबुक बरामद गरेको प्रहरीले जनाएको छ । 

दुवै घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको छ ।

टिप्पणीहरू