मः मः पसलमा काम लगाइदिने प्रलोभनमा मिर्गौला झिकियो

मः मः पसलमा काम लगाइदिने प्रलोभनमा मिर्गौला झिकियो

मः मः पसलमा काम लगाइदिने भन्दै एक जनाको भारत पुर्याएर मृर्गौला झिकिएको छ । नुवाकोटको बेलकोटगढी नगरपालिका–१३ बस्ने ४३ वर्षीय हरि नेपाली भन्ने हरि दर्जीलाई उक्त आरोपमा प्रहरीले नियन्त्रणमा लिएको हो । 

उनले भारतको कलकत्तास्थित मः मः पसलमा मासिक ३० हजार तलबको प्रलोभनमा पीडितलाई कलकत्ता पुर्याएका थिए । त्यसपछि बेहोस पारेर उनको मिर्गौला झिकेर अर्को व्यक्तिलाई प्रत्यारोपण गरेको देखिन आएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट खटिएको टोलीले दर्जीलाई हिजो काठमाडौंमा फेला पारेको हो ।

अनुसन्धानको क्रममा यसअघि पनि उनी मानव बेचबिखन मुद्दामा १० वर्ष सजाय भुक्तान गरेको खुल्न आएको प्रहरीले जनाएको छ । दर्जीमाथि मानव बेचबिखन तथा ओसारपसार मुद्दामा सात दिन म्याद थप गरेर आवश्यक अनुसन्धान भइरहेको छ ।

टिप्पणीहरू