ग्यारेज मालिक र ड्राईभरबीच मुक्कामुक्की, दुवै जना सिकिस्त

ग्यारेज मालिक र ड्राईभरबीच मुक्कामुक्की, दुवै जना सिकिस्त

बनेपामा ग्यारेज मालिक र बस चालकबीच कुटाकुट भएको छ । 

बनेपा नगरपालिका-११ धनेश्वरमा एकजना ग्यारेज साहु र  प्र३-०१-००६ ख ०६०२ नम्बरका बस चालक ३५ वर्षीय सरोज गुरुङबीच टायरको विषयमा विवाद भएको थियो । विवादले उग्ररुप लिँदै गएपछि उनीहरु कुटाकुटमा उत्रिएका हुन् । 

आपसमा गोदागोद गरेका उनीहरु दुबै जना घाइते भएका र अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । सरोजको टाउकोमा गम्भीर चोट लागेका कारण अवस्था असामान्य रहेको र उनलाई थापाथलीस्थित नर्भिक अस्पताल रिफर गरेको बताइएको छ ।

टिप्पणीहरू