भारतीय राजदूतले एकैछिनमा मन्त्रीलाई नेपाल भित्र्याउने
भारतीय विदेशमन्त्री अबको केही घण्टामा नयाँदिल्लीबाट काठमाडौं ओर्लने कार्यक्रम छ । नेपाल–भारत विदेशमन्त्रीस्तरीय संयुक्त आयोगको सातौं बैठकमा भाग लिन टोलीको नेतृत्व गर्दै विदेशमन्त्री एस. जयशंकर नयाँ दिल्लीबाट काठमाडौं आउन लागेका हुन् ।
वायुसेनाको विमानमा उनी बिहान पौने १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम छ ।
जयशंकर भोलि दिउँसो पौने १ बजे सोही विमानमा काठमाडौंबाट बैंगलोरतर्फ प्रस्थान गर्ने छन् । विदेशमन्त्री सवार विमानको कल साइन आइएफसी ३१ र रजिष्ट्रेसन नम्बर के ३६०१ रहेको बुझिएको छ ।
जयशंकरलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा राजदूत नवीन श्रीवास्तवलगायत आधा दर्जन बढी कर्मचारीले स्वागत गर्ने तयारी छ । विमानस्थलमा डिफेन्स अटाची कर्नेल अमितकुमार शर्मा र प्रथम सचिव नवीन कुमार पनि पुग्दैछन् ।
स्वागतका लागि पुग्ने अन्य कर्मचारीहरुमा मेजर हरजिन्दर सिंह, रविन्द्र शर्मा,सतिश कुमार र अमितकुमार शर्मा रहेको बुझिएको छ ।
टिप्पणीहरू