टुटलका संस्थापक भट्ट पक्राउ

टुटलका संस्थापक भट्ट पक्राउ
सुन्नुहोस्

नेपालमा 'राइड सेयरिङ' भित्र्याउने पहिलो कम्पनी टुटलका संस्थापक सञ्चालक शिक्षित भट्ट पक्राउ परेका छन् । 

प्रतिलिपी अधिकार उल्लघंन तथा अपराधिक विश्वासघात गरेको आरोपमा उनलाई प्रहरीले आज बिहान पक्राउ गरेको हो । प्रहरीले अहिले भट्टमाथि थप अनुसन्धान गर्न म्याद थपका लागि जिल्ला अदालत लगेको छ । 

अनुसन्धान सकिएपछिमा भट्टलाई सार्वजनिक गरिने प्रहरीले जनाएको छ ।

टिप्पणीहरू