हर्कको कार्यक्रममा प्रधानमन्त्री अनुपस्थित, बालेनलाई विशेष निम्तो
काठमाडौं महानगरपालिकाका मेयर बालेन (बालेन्द्र) शाह धरान पुगेका छन् ।
धरान उपमहानगरपालिकाको स्थापना दिवसको अवसरमा आयोजना गरिएको धरान महोत्सव उद्घाटन समारोहमा भाग लिन उनी त्यता गएका हुन् । बालेनलाई धरानका मेयर हर्क साम्पाङ राईले विशेष निमन्त्रणा पठाएका थिए ।
नगरपालिका स्थापनाको १२३ वर्ष पुगेको अवसरमा आजबाट धरान महोत्सव सुरू भएको छ । पाँच दिनसम्म चल्ने महोत्सवको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट गराउने मेयर साम्पाङको तयारी थियो । तर, प्रधानमन्त्रीले कार्यव्यस्तताको कारण कार्यक्रममा जान नसक्ने बताएपछि उनले आफ्नो कार्यकक्षबाट प्रधानमन्त्री र राष्ट्रपतिको तस्बिर निकालेको बताइन्छ ।
प्रधानमन्त्री नगएपछि मेयर साम्पाङले महोत्सव उद्घाटन ज्येष्ठ नागरिक १०३ वर्षीया चन्द्रमाया कटुवालबाट गराएका छन् ।
टिप्पणीहरू