छुट्टी मनाउन थाइल्याण्ड पुगेका दुई अभिनेत्री विकिनिमा रमाउँदै
बलिउड अभिनेत्री दिशा पटानी र मौनी रोय छुट्टी मनाउन थाइल्याण्ड पुगेका छन् । सामाजिक सञ्जालमा तस्वीरहरु शेयर गर्दै उनीहरुले यतिबेला आफूहरुले बिदा मनाइरहेको जानकारी दिएका हुन् ।
उनीहरुले आफ्नो फेसबुक र इन्स्टाग्राममा सामुद्रिक तटमा रमाइलो गरेको, सँगै डिनर गरेको र विभिन्न स्थानमा घुमेका तस्वीरहरु लगातार सेयर गरिरहेका छन् । तस्वीरमा मिल्दोजुल्दो पोशाक लगाएको देखिन्छ । मौनीले विक्नीमा खिचाएको तस्वीर सेयर लेखेकी छन्, 'हाम्रो मस्ती अझै जारी छ ।'
उक्त तस्वीर यतिबेला भारतीय सञ्चारमाध्यमहरुमा भाइरल बनेको छ । मौनी र दिशाको जोडी खुब जमेको देखिन्छ ।
वेष्ट बंगालमा जन्मिएकी मौनीले सुरुमा टेलिभिजनमा काम गरेकी थिइन् । चर्चित भारतीय टेलिसिरियल 'नागिन'की मुख्य पात्र मौनीलाई दर्शकहरु प्राय 'नागिन' नामले चिन्छन् । उनको नागिन क्यारेक्टर दर्शकहरुले निकै रुचाएको क्यारेक्टर हो ।
टेलिभिजन हुँदै चलचित्रमा प्रवेश गरेकी उनले हालसम्म हिन्दी, तेलुगु र तामिल गरेर एक दर्जनभन्दा बढी चलचित्रमा काम गरिसकेकी छन् । पछिल्लो समय उनको 'ब्रह्मास्त्रः च्याप्टर १' रिलिज भएको थियो । उक्त फिल्मले बक्स अफिसमा ४ सय करोडभन्दा बढी कलेक्सन गरेको थियो । त्यस्तै, उत्तर प्रदेशमा जन्मिएकी दिशाले सन् २०१५ मा तेलुगु चलचित्र 'लोफर'बाट डेब्यु गरेकी थिइन् । त्यसपछि उनले 'एम एस ध्वनी: दी अनटोल्ड स्टोरी'मा काम गरिन् । जसमा उनले अभिनेता शुसान्तसिंह राजपुतसँग स्क्रिन सेयर गरेकी थिइन् ।
यो चलचित्रलाई दर्शकहरुले निकै रुचाएका थिए । त्यसयता दिशाले पछाडि फर्केर हेर्नु परेको छैन । 'बागी २' र 'एक भिलेन' रिटन्समा उनको अभिनयलाई दर्शकले राम्रै रुचाएका थिए । उनी पछिल्लो समय रिलिजको तयारीमा रहेको 'वेलकम टु दी जंगल'को छायांकन सकाएर थाइल्याण्ड बिदा मनाउन गएकी हुन् ।
टिप्पणीहरू