प्रिस्टनमाथि चेल्सीको शानदार जित

प्रिस्टनमाथि चेल्सीको शानदार जित
सुन्नुहोस्

एफएकप फुटबलको तेस्रो चरणमा लन्डन क्लब चेल्सीले शानदार जित निकालेको छ । 

चेल्सीले च्याम्पियनसिप क्लब प्रिस्टनमाथि ४–० को सानदार जित निकाल्दै चौथो चरणमा प्रवेश गरेको हो । शनिबार राति भएको खेलमा चेल्सीलाई जित दिलाउन अर्मान्डो ब्रोजा, थियागो सिल्भा, रहिम स्टर्लिङ र एन्जो फर्नान्डेसले गोल गरेका थिए। 

खेल सकिन ५ मिनेटअघि चेल्सीले अन्तिम गोल अर्थात चौथो गोल गरेको थियो । दोस्रो हाफमा प्रेस्टन थकित देखिदाँ चेल्सीले चार गोल गर्न सफल भएको हो ।

टिप्पणीहरू