घरज्वाईंको कोठामा सालकको खपेटा
सुनसरीमा सालकको खपेटासहित दुई जना पक्राउ परेका छन् । धरान उपमहानगरपालिका–५, किसान चोकस्थित ससुराली घरमा बस्दै आएका संखुवासभाका २८ वर्षीय सन्दिप राई र सोही उपमहानगर–१६ बस्ने २१ वर्षीय मनोज तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
इलाका प्रहरी कार्यालय धरानबाट खटिएको टोलीले विशेष सूचनाका आधारमा राईको कोठा खोजतलास गर्ने क्रममा सालकको खपेटा फेला पारेको थियो । सोधपुछका क्रममा उनले तामाङबाट उक्त खपेटा लिएको बताएपछि उनलाई समेत नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
प्रहरीले उनीहरुको साथबाट तीन सय ४० ग्राम सालकको खपेटा बरामद गरेको छ । पक्राउ परेका दुवै जनमाथि थप अनुसन्धान भइरहेको जनाइएको छ ।
टिप्पणीहरू