उपकुलपतिका लागि पुनः दरखास्त आह्वान
त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि पुनः दरखास्त आह्वान गरिएको छ । उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले आज सूचना प्रकाशित गर्दै दरखास्त मागेको हो ।
यसअघि आह्वान गरिएको सूचनामा त्रिभुवन विश्वविद्यालयमा कार्यरतले मात्र उपकुलपतिको आवेदन दिन पाउने मापदण्ड तोकिएको थियो । सोको सर्वत्र आलोचनापछि प्रधानमन्त्री तथा कुलपति पुष्पकमल दाहाल प्रचण्डले उक्त प्रावधान हटाएर अर्को सूचना निकाल्न निर्देशन दिनुभएको थियो ।
सोहीअनुरुप पुरानो विज्ञापन रद्ध गरी नयाँ सूचना निकालिएको हो । नयाँ सूचनामा कुनै प्रावधान उल्लेख नगरी ‘त्रिविको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी कार्यविधि, २०८० बमोजिम’ इच्छुक र योग्य व्यक्तिलाई दरखास्त दिन भनिएको छ ।
कार्यविधिमा उल्लेखित कागजातसहित अनुसूचीमा रहेको दरखास्त ढाँचामा आगामी १५ दिनभित्र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सिंहदरबारमा आवेदन दिन आग्रह गरिएको छ ।

टिप्पणीहरू