पाँच वर्षीया बालिका बलात्कारको आरोपमा २१ वर्षे युवा पक्राउ

पाँच वर्षीया बालिका बलात्कारको आरोपमा २१ वर्षे युवा पक्राउ

उदयपुरमा पाँच वर्षीया बालिका बलात्कार गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । बेलका नगरपालिका–२ झण्डीपुर बस्ने २१ वर्षीय दिपन मगर जवर्जस्ती करणी आरोपमा समातिएका हुन् । 

गत बुधबार दिउँसो ती बालिकालाई करणी गरेको उजुरीका आधारमा ईलाका प्रहरी कार्यालय ठोक्सिला र प्रहरी चौकी भागलपुरबाट खटिएको प्रहरी टोलीले उनलाई हिजो नियन्त्रणमा लिएको हो । 

उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू