मृतकको शव अन्त्येष्टिपछि बरहथवामा सार्वजनिक बिदा

मृतकको शव अन्त्येष्टिपछि बरहथवामा सार्वजनिक बिदा
सुन्नुहोस्

सर्लाहीको बरहथवामा प्रहरीको गोली लागेर निधन भएका जयशंकर साहको अन्त्येष्टि गरिएको छ । गएराति पीडित परिवारसँग स्थानीय प्रशासनले सहमति गरेपछि आज बागमती नदीमा साहको अन्त्येष्टि गरिएको हो ।

सहमतिपछि गएराति शवको पोष्टमार्टम गरिएको थियो । त्यसअघि हिजो रातिसम्म शुक्रबारदेखि साहको शव सडकमा राखेर स्थानीयले प्रदर्शन गरेका थिए । प्रशासनले हिजो दिउँसोदेखि नगर क्षेत्रमा पुनः कर्फ्यु लगाए पनि स्थानीयले उल्लंघन गरेका थिए ।

बरहथवा नगरपालिकाले आज नगर क्षेत्रमा शोक बिदा दिएको छ । नगरपालिकाको सूचनामा शोकसन्तप्त परिवारजनमा समवेदना र मृतक साहप्रति चीरशान्तिको कामना गरिएको छ ।
 

टिप्पणीहरू