करोडौँ कमाएर श्रीमतीको नाममा थुपार्ने वनका हाकिम भ्रष्टाचारमा तानिए

करोडौँ कमाएर श्रीमतीको नाममा थुपार्ने वनका हाकिम भ्रष्टाचारमा तानिए
सुन्नुहोस्

डिभिजन वन कार्यालय, मकवानपुरका तत्कालिन डिभिजन वन अधिकृत दीर्घ नारायण कोईरालाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । 

गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज उनीविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको हो । 

कोईराला २०४६ जेठ २ गते निजामती सेवामा प्रवेश गरेका थिए । अख्तियारले २०७८ फागुल्न १२ गतेसम्मको सम्पत्ति जाँचबुझ गर्ने क्रममा एक करोड २४ लाख ९६ हजार तीन सय ५३ रुपैयाँ स्रोत नखुलेको पाइएपछि उनीमाथि भ्रष्टाचारको अभियोग लागेको हो । 

कोइरालाले गैरकानूनी रुपमा आर्जन गरेको सम्पत्तिले पत्नी गीता पौडेल कोईराला समेतको नाममा जग्गा खरिद, घर निर्माण तथा बैंक खातामा रकम मौज्दात राखेको पाइएको अख्तियारले जनाएको छ । 

अख्तियारले दायर गरेको अभियोगपत्रमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ (ख) बमोजिम गीतालाई प्रतिवादी कायम गरी उक्त रकम जफत गर्न मागदाबी गरेको छ ।

टिप्पणीहरू