स्थानीय तहबाटै श्रमस्वीकृति दिने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन

स्थानीय तहबाटै श्रमस्वीकृति दिने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले श्रम स्वीकृति लिन काठमाडौँ धाउनुपर्ने व्यवस्था अन्त्य गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री सरदसिंह भण्डारीलाई निर्देशन दिनुभएको छ । 

आज मन्त्रालयसँगको छलफलमा प्रधानमन्त्रीले ७५३ वटै स्थानीय तहबाट पुनः श्रमस्वीकृतिको व्यवस्था मिलाउन निर्देशन दिनुभएको हो । त्यसक्रममा उहाँले वैदेशिक रोजगारीका स–साना कामका लागि पनि काठमाडौं धाउनुपर्ने परिस्थितिको अन्त्य गरी सम्भव सबै सेवाहरू स्थानीय तहबाटै दिने व्यवस्था मिलाउनु पर्नेमा जोड दिनुभयो ।

'वैदेशिक रोजगार सूचना प्रणाली (एफइएमआइएस) लाई अद्यावधिक गरी विदेशस्थित नियोग, रोजगारदाता श्रमिक र ७५३ स्थानीय तहको पहुँच हुने गरी विस्तार गर्नुहोला', प्रधानमन्त्रीले भन्नुभयो, 'साथै, पुनः श्रम स्वीकृति दिने कार्य ७५३ स्थानीय तहबाटै दिने व्यवस्था तत्काल मिलाउनुहोला ।'

टिप्पणीहरू