टिआरसी टुंग्याउन द्वन्द्वपीडित सुरक्षाकर्मी परिवार बाधक नबन्ने
जनयुद्धका क्रममा मृत्यु भएका सुरक्षाकर्मीका परिवारले संसदमा विचाराधीन टिआरसी विधेयकलाई टुंगोमा पुर्याउन आफूहरू बाधक नबन्ने बताएका छन् ।
आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाट गरी उनीहरुले विधेयक पास गर्न आफूहरुका तर्फबाट कुनै बाधा नहुने प्रतिवद्धता जनाएका हुन् । त्यसक्रममा उनीहरुले टिआरसी विधेयकमा द्वन्द्वपीडित सुरक्षाकर्मीका परिवारका सम्भव मागहरू सम्बोधन गर्न प्रधानमन्त्रीको ध्यानाकर्षणसमेत गराएका छन् ।
सरकारले सशस्त्र द्वन्द्वका क्रममा राज्य र विद्रोहीबाट मारिएका दुवै पक्षलाई समान व्यवहार गरेका कारण आफूहरू विधेयकमा बाधक नबन्ने उनीहरुको भनाई थियो ।
भेटमा द्वन्द्वपीडित सुरक्षाकर्मी परिवारका वरिष्ठ उपाध्यक्ष रिता कार्कीले युद्धको पीडा र मर्म प्रधानमन्त्री प्रचण्डलाई जति अरू नेताहरूलाई बोध नहुने भन्दै उहाँकै कार्यकालमा द्वन्द्वपीडितका मागहरू सम्बोधन हुने विश्वाससमेत व्यक्त गरिन् ।
टिप्पणीहरू