ठेकेदारसँग मिलेर घुस खाएका नगरपालिकाका इञ्जिनियर भ्रष्टाचारमा तानिए

ठेकेदारसँग मिलेर घुस खाएका नगरपालिकाका इञ्जिनियर भ्रष्टाचारमा तानिए

काठमाडौंको बुढानिलकण्ठ नगरपालिकामा कार्यरत सब–इन्जिनियर (करार) टिकाराम राई भ्रष्टाचारमा तानिएका छन् । 

घर निर्माण सम्पन्न भएको प्रमाणपत्र उपलब्ध गराउन सेवाग्राहीसँग घुस लिएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको हो । अख्तियारले ठेकेदार रामचन्द्र सुनुवारविरुद्ध पनि मुद्दा चलाएको छ । 

आयोगको टंगालबाट खटिएको टोलीले गत मंसिर १४ गते सब–इन्जिनियर राईलाई सेवाग्राहीबाट ८० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा फेला पारी नियन्त्रणमा लिएको थियो । 

अनुसन्धानको क्रममा यी दुइले आपसी मिलेमतोमा घुस खाएको खुलेपछि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ बमोजिम आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको अख्तियारले जनाएको छ ।
 

टिप्पणीहरू