बम्जनलाई सर्लाही लैजाने तयारी
विवादास्पद तपस्वी रामबहादुर बम्जनलाई प्रहरीले जिल्ला अदालत, सर्लाही लैजाने तयारी गरेको छ । यसअघि उनीविरुद्ध जिल्ला अदालत, सर्लाहीबाट पक्राउ पूर्जी जारी भएकाले त्यहाँ लैजान लागिएको बताइएको छ ।
बम्जन हिजो साँझ बूढानीलकण्ठ नजिकैबाट पक्राउ परेका हुन् । बमजन फेला परेको आश्रम भनिएको घरबाट प्रहरीले करोडौं रुपैयाँ र विदेशी मुद्रासमेत फेला पारेको छ । प्रहरीका अनुसार त्यहाँबाट झण्डै साढे तीन करोड रुपैयाँ बरामद गरेको छ ।
टिप्पणीहरू