पेरिसडाँडामा विधान मस्यौदाबारे छलफल हुँदै

पेरिसडाँडामा विधान मस्यौदाबारे छलफल हुँदै

नेकपा माओवादी केन्द्रले विधान मस्यौदाबारे छलफल गर्न लागेको छ । पार्टी स्थायी समितिको बैठकमा त्यसबारे छलफल हुन लागेको हो । 

पार्टी मुख्यालय पेरिसडाँडामा बिहान ११ बजे राखिएको बैठकमा विधान मस्यौदा समितिले प्रस्तुत गरेको विधान मस्यौदाबारे छलफल गर्न लागिएको हो । माओवादी केन्द्रले आगामी फागुन पहिलो साता विधान सम्मेलनको आयोजना गर्दैछ ।

उपाध्यक्ष पम्फा भुसालको नेतृत्वमा गठित सात सदस्यीय समितिले बनाएको मस्यौदा विधान  हिजो पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बुझाइएको थियो । आजको बैठकमा पार्टीले सम्पन्न गरेको ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’को समेत समीक्षा गर्न लागिएको छ ।

टिप्पणीहरू