सुदूर पश्चिममा सरकारी कर्मचारीको छुट्टै सँगठन
नेकपा (एकीकृत समाजवादी) निकट एकीकृत सरकारी कर्मचारी संगठनले सुदूरपश्चिम प्रदेशको अध्यक्ष छानेको छ । आजै धनगढीमा सम्पन्न प्रथम प्रदेश भेलाले जनकराज जोशीको नेतृत्वमा २३ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
उपाध्यक्षमा रजनलाल धामी,महासचिवमा पुरुषोत्तम भट्ट,सचिवमा सुनिल रावल,जानकी जोशी,कोषाध्यक्षमा रामबहादुर थापा,सदस्यहरुमा सत्यराज थापा,सुवाष बडु, हरिप्रसाद जोशी,बाबुराम राना, सन्तोष बोहरा,रक्षा थापा,अम्मरबहादुर ऐरलगायत आएका छन् ।
भेलाको उद्घाटन नेकपा(एकीकृत समाजवादी) का केन्द्रीय सदस्य एवं पार्टी प्रदेश संसदीय दलका नेता दीर्घ सोडारीले गरेका थिए ।
संगठनका प्रदेश इन्चार्ज नृप जोशीको अध्यक्षतामा भएको भेलामा एकीकृत सरकारी कर्मचारी संगठनका वरिष्ठ उपाध्यक्ष यमबहादुर खत्री,महासचिव प्रकाश राई,उपाध्यक्ष दिनेश लम्साल, पेशागत संगठनका प्रदेश अध्यक्ष कविन्द्र चन्द,केन्द्रीय उपाध्यक्ष जयदेव जोशी लगायतकाले शुभकामना मन्तव्य राखेका थिए । कैलाली अध्यक्ष जनक जोशीले स्वागत गरेको कार्यक्रको सन्चालन कञ्चनपुरका अध्यक्ष पुरुषोत्तम भट्टले गरेका थिए ।
टिप्पणीहरू