प्रधानमन्त्री अर्घाखाँचीको कार्यक्रमपछि काठमाडौंको टुँडिखेलमा

प्रधानमन्त्री अर्घाखाँचीको कार्यक्रमपछि काठमाडौंको टुँडिखेलमा

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अर्घाखाँचीबाट काठमाडौं फर्कनुभएको छ । नेपाली सेनाको हेलिकोप्टर एनए ०५४ अल्टिच्युडमा काठमाडौंबाट मध्यान्ह त्यहाँ पुग्नुभएका प्रधानमन्त्री दाहाल केहीबेरअघि राजधानी फर्कनुभएको हो । 

हेलिकोप्टर बालुवाटार अवतरण गरेपछि उहाँ टुँडिखेल पुग्नुभएको हो । प्रधानमन्त्री त्यहाँ आयोजित माघी महोत्सवमा सहभागी भएर बालुवाटार फर्कनुभएको छ ।

राजधानीको टुँडिखेलमा थारु राष्ट्रिय माघी महोत्सव, मूल आयोजक समितिले माघी पर्वको आयोजना गरेको हो । ‘थारु संस्कृतिको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धनमा हाम्रो अभियान, न्याय समानता र अधिकारको लागि हाम्रो आन्दोलन’ नाराका साथ आयोजित कार्यक्रममा मन्त्रीहरु, विभिन्न राजनीतिक दलका नेतालगायत सर्वसाधरणको उल्लेख्य सहभागिता छ । 

यसअघि आजै बिहान ११ बजेको समयमा प्रधानमन्त्री अर्घाखाँचीमा पर्यटन, आर्थिक विकास र स्थानीय रोजगारीका लागि आयोजित पर्यटन प्रवद्र्धन कार्यक्रम २०८० को उद्घाटनका लागि सदरमुकाम सन्धीखर्क जानुभएको थियो ।

टिप्पणीहरू