चिनियाँ उच्चस्तरीय टोली काठमाडौंबाट ढाका प्रस्थान

चिनियाँ उच्चस्तरीय टोली काठमाडौंबाट ढाका प्रस्थान
सुन्नुहोस्

नेपाल भ्रमणमा आएको चिनियाँ कम्युनिष्ट पार्टीको युन्नान प्रान्तीय कमिटीको उच्चस्तरीय टोली आज फर्केको छ । युन्नान प्रान्तीय कमिटीको प्रचार विभागका उपमहानिर्देशक फङ बिन नेतृत्वको छ सदस्यीय टोली आज मध्यान्ह बंगलादेशको राजधानी ढाका प्रस्थान गरेको हो ।

युन्नान प्रान्तीय सभ्यता कार्यालयका अध्यक्षको जिम्मेवारीमा समेत रहेका बिनको टोली गत शनिबार दिउँसो खुनमिङबाट काठमाडौं आइपुगेको थियो । खुनमिङबाट आएका कलाकारहरुले राजधानीमा अस्ति चिनियाँ वसन्त चाडको उपलक्ष्यमा सांस्कृतिक कार्यक्रमको आयोजना गरेका थिए ।

बिन नेतृत्वको टोलीले सरकारी सञ्चारमाध्यमहरु गोरखापत्र संस्थान र नेपाल टेलिभिजनको निरीक्षण भ्रमण गरेको थियो । नेपाल भ्रमण पूरा गरेर चिनियाँ उच्चस्तरीय छ सदस्यीय टोली आज विमान बंगलादेशको उडान नम्बर बिजी ३७२ मा त्यसतर्फ प्रस्थान गरेको हो ।

अघिल्लो साता युन्नान प्रान्तीय कमिटीका स्थायी समिति उपसचिव सि युगाङ नेतृत्वको टोली नेपाल भ्रमणमा आएको थियो।

टिप्पणीहरू