रास्वपाको बैठकमा नारायणगढ–बुटवल पदयात्राको समीक्षा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज केन्द्रीय समिति बैठक डाकेको छ । बैठक दिउँसो ३ बजे पार्टी मुख्यालय बालाजुमा राखिएको छ ।
बैठकमा समसामयिक राजनीतिक विषय, सांगठनिक गतिविधिलगायत विषयमा छलफलको एजेण्डा राखिएको छ । पार्टी सभापति रवि लामिछानेले केही साताअघि गरेको नारायणगढ–बुटवल पदयात्राको पनि समीक्षा गर्न लागिएको एक जना सदस्यले बताए ।
टिप्पणीहरू