अस्ति दुई दर्जनले पार्टी छोडेको ठाउँमा रविका नेता निलम्बित

अस्ति दुई दर्जनले पार्टी छोडेको ठाउँमा रविका नेता निलम्बित
सुन्नुहोस्

पार्टी नेतृत्वविरुध्द जथाभावी लेखेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले एकजना जिल्ला तहका कार्यकर्तालाई कारवाही गरेको छ । 

सभापतिलाई सामाजिक सञ्जालबाट गाली गरेको आरोपमा सो पार्टीको बर्दिया जिल्लाका सक्रिय कार्यकर्ता ओमप्रकाश बस्यौला निलम्बनको कारवाहीमा परेका हुन् । रास्वपाको केन्द्रीय अनुशासन आयोगले हिजो पत्र काटेर उनको पार्टी सदस्यता खारेजीको प्रक्रिया अघि बढाएको जानकारी गराएको छ । 

पार्टी सदस्यता नम्बर बिआरडि२ख-००००००७४६ भएका बस्यौलालाई सम्बोधन गरी आयोगका प्रमुख डा. भरतमणि देवकोटाले लेखेको पत्रमा भनिएको छ, 'तपाईंले सामाजिक सञ्जालमा पार्टी सभापतिलाई उल्लेख गरी असभ्य भाषा प्रयोग गरी पार्टी अनुशासन विपरितका गतिविधिमा संलग्न रहेको पाइएकाले केन्द्रीय अनुशासन आयोगको नियमावली,२०८० को नियम ६.१ बमोजिम आजैका मितिदेखि लागू हुनेगरी पार्टी सदस्यता खारेजीको प्रक्रिया अगाडि बढेको जानकारी गराइन्छ ।' 

"रवि लामिछानेसहित केही नेता अनेक विवादमा आइरहँदा रास्वपाको तल्लो पंक्तिमा चर्को असन्तुष्टी बढिरहेका बेला दुई दिनअघि मात्रै बर्दियाकै गुलरियाका वडा सभापतिसहित २१ जना नेता तथा कार्यकर्ताले वक्तव्य लेखेर पार्टी छोडेको घोषणा गरेका थिए ।"

केन्द्रीय सभापति  रवि लामिछानेसहित केही नेता अनेक विवादमा आइरहँदा रास्वपाको तल्लो पंक्तिमा चर्को असन्तुष्टी बढिर हेको छ । दुई दिनअघि मात्रै बर्दियाकै गुलरियाका वडा सभापतिसहित २१ जना नेता तथा कार्यकर्ताले वक्तव्य लेखेर पार्टी छोडेको घोषणा गरेका थिए ।

जिल्ला संयोजकलाई सम्बोधन गर्दै उनीहरुले सार्वजनिक गरेको विज्ञप्तिमा पार्टीभित्र बढेको गुट उपगुट,स्वार्थी प्रवृत्तिका कारण आफूहरू पार्टीमा रहन नसकेको जनाइएको छ ।

पार्टी छोड्नेहरुमा गुलरिया नगरपालिका-४ का सभापति प्रेमबहादुर खड्का, सहसचिव दीपेन्द्रप्रसाद लामिछाने, गुलरिया नगर कमिटी सदस्य उमेश यादवसहित २१ जना छन् ।

टिप्पणीहरू