प्रभुका कार्यकर्ताले मधेसमा मसाल जुलुस निकाल्ने

प्रभुका कार्यकर्ताले मधेसमा मसाल जुलुस निकाल्ने

प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) ले बैंक तथा वित्तिय संस्थाको चर्को ब्याज असुलीविरुद्ध मसाल जुलुस निकाल्ने भएको छ । 

आजपाको मधेश प्रदेश कमिटीले बैंक तथा वित्तिय संस्थाको मनोमानी ब्याज असुलीविरुद्ध आउँदो माघ १० गते मधेशका सबै जिल्लामा मसाल जुलुस निकालेर विरोध प्रदर्शन गर्न लागेको हो । 

त्यस्तै, माघ ११ गते मधेश प्रदेश बन्द गर्ने प्रदेशका अध्यक्ष उमेश कुशवाहाले बताए । बैंकहरुले लिइरहेको मनोमानी ब्याज फिर्ता, लघुवित्त तथा सहकारीहरुको सम्पूर्ण ऋण मिनाहा तथा आम नागरिकलाई सहज कर्जा दिने व्यवस्था नगरेसम्म चरणबद्ध रुपमा विरोध प्रदर्शन गर्ने उनको भनाई छ । 

बैंक तथा सहकारीको चर्को ब्याज फिर्ता लिन माग गर्दै सो पार्टीका कार्यकर्ताले गत मंसिर २० गते बृहत विरोध प्रदर्शन गरेको थियो । उनीहरुले जनकपुरस्थित नेपाल राष्ट्र बैंकको प्रादेशिक कार्यालय घेराउसमेत गरेका थिए ।
 

टिप्पणीहरू