प्रधानमन्त्रीद्वारा सार्कलाई सक्रिय र गतिशील तुल्याउनुपर्ने धारणा व्यक्त
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र श्रीलंकाली राष्ट्रपति रनिल विक्रमासिंघेबीच युगाण्डाको राजधानी कम्पालामा भेटवार्ता भएको छ ।
भेटमा प्रधानमन्त्री प्रचण्डले असंलग्न परराष्ट्र नीतिका मामिलामा नेपाल र श्रीलंका क्षेत्रीय सहकार्य र हितका मामिलामा एकै ठाउँमा उभिन आवश्यक रहेको धारणा राख्नुभएको छ ।
उहाँले भन्नुभयो, ‘दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) लाई सक्रिय र गतिशील तुल्याउन आवश्यक रहेको र यसलाई गतिशील तुल्याएर क्षेत्रीय सहकार्य र साझा हितका विषयहरु सम्बोधन गर्नुपर्छ ।’
भेटमा श्रीलंकाली राष्ट्रपतिले सार्कलाई सक्रिय तुल्याउन आफूहरुको सहयोग रहने बताउँदै क्षेत्रीय हित र साझा आर्थिक क्रियाकलापमा नेपाल र श्रीलंकाबीच सहकार्य आवश्यक रहेकोमा जोड दिनुभएको बताइएको छ ।
भेटमा परराष्ट्रमन्त्री एनपी साउद, प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. रुपक सापकोटा, परराष्ट्र सचिव सेवा लम्सालगायत सरकारी अधिकारीहरुको उपस्थिति थियो ।
टिप्पणीहरू