उपेन्द्र यादवकाे विराेधमा झडप, मधेशका शिक्षामन्त्री घाइते

उपेन्द्र यादवकाे विराेधमा झडप, मधेशका शिक्षामन्त्री घाइते
सुन्नुहोस्

सप्तरीमा जनमत पार्टीका नेता तथा कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । मधेश कृषि विश्वविद्यालयको शिलान्यास गर्ने निहुँमा जसपा अध्यक्ष उपेन्द्र यादवलाई विरोधसहितको ब्यानर देखाउन पुगेका जनमतका कार्यकर्तासँग प्रहरीको झडप भएको बताइएको छ ।

कार्यक्रमस्थलमा यादवलाई विरोधस्वरुप ब्यानर देखाउन खोजिएपछि प्रहरीले हस्तक्षेप गरेको हो । झडपपछि उपेन्द्र यादवले सुरक्षाघेरामा मधेश कृषि विश्वविद्यालयको शिलान्यास गरेका छन् ।

प्रदेश सांसद सतिश सिंहको नेतृत्वमा जनमत कार्यकर्ता विरोध प्रदर्शनमा उत्रिएका हुन् । झडपमा प्रदेशका शिक्षामन्त्री महेशप्रसाद यादव र प्रदेश सांसद सतिश सिंह घाइते भएका छन् ।
 

टिप्पणीहरू