ग्यारेजमा जुवाको खाल

ग्यारेजमा जुवाको खाल

राजधानीमा चार जना जुवाडे जुवाको खालबाट पक्राउ परेका छन् । तारकेश्वर नगरपालिका–४, दगुपर्नेपानी पिपलबोट नजिक ग्यारेजमा जुवा खेलिरहेको अवस्थामा सोही नगरपालिका–८ शेषमती शान्तिटोल बस्ने ३५ वर्षे रमेश श्रेष्ठसहित चार जना पक्राउ परेका हुन् । 

विशेष सुराकीको आधारमा प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरी टोलीले गएराति उनीहरुलाई नियन्त्रणमा लिएको हो । उनीहरुको साथबाट ४४ हजार ६ सय रुपैयाँ नगद र एक तासबुक बरामद गरिएको प्रहरीले जनाएको छ । 

यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको छ ।

टिप्पणीहरू