माओवादी सैनिक कमाण्डर जेल चलान

माओवादी सैनिक  कमाण्डर जेल चलान
सुन्नुहोस्

रुकुम पूर्वको भूमे गाउँपालिका १ लुकुम निवासी पूर्व जनमुक्ति सेनाका ब्रिगेड कमान्डर जीतमान पुन ‘मार्सल’लाई प्रहरीले पक्राउ गरेको छ । उनलाई प्रहरीले काठमाडौँको मच्छेगाउँबाट पक्राउ गरेर कारागार चलान गरेको जनाएको छ । 

जिल्ला अदालत दाङबाट भएको फैसला कार्यान्वयनका लागि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी नायब उपरीक्षक अञ्जना श्रेष्ठले बताइन् । पक्राउपछि उहाँलाई कारागार कार्यालय डिल्लीबजारमा थुनामा राखिएको छ ।  

मार्सल विरुद्ध २०५३ सालमा चरेस ओसारपसार गरेको आरोपमा मुद्धा दर्ता भएको बताईन्छ । उक्त मुद्धामा २ वर्ष ६ महिना कैद र २० हजार जरिवाना हुने फैसला भएको थियो । २०७२ मा दाङ जिल्ला अदालतले लागुऔषध चरेस ओसारपसार मुद्दा दोषी ठहर गरेर कैद र जरिवाना तोकेको थियो । फैसलाको विवरण जिल्ला अदालत दांगबाट रुकुमकोट जिल्ला अदालतमा आएको र फैसला कार्यान्वयनको क्रममा प्रहरी परिचालन गरेर मार्सललाई पक्राउ गरिएको बताईएको छ । 

वाईसियल नेपालका केन्द्रिय अध्यक्ष सुवोधराज सेर्पालीले फरक राजनीतिक आस्थाका कारण कसैले लगाएको गलत आरोपको आधारमा मार्सल बिरुद्ध मुद्धा चलाईएको उल्लेख गर्नुभयो । घटनाको प्रकृति समेत थाह नभएको व्यक्तिलाई सामान ओसारपसारको आरोपमा फसाईएको उहाँको दाबी छ । मार्सलको न्यायको लागि प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष लगायतको ध्यानाकर्षण गरेको सेर्पालीको भनाई छ ।

टिप्पणीहरू