सुदूरपश्चिममा माओवादी संसदीय दलको नेता फेरिए

सुदूरपश्चिममा माओवादी संसदीय दलको नेता फेरिए

नेकपा माओवादी केन्द्र सुदूरपश्चिम संसदीय दलले संसदीय दलका नेतामा मानबहादुर धामीलाई चयन गरेको छ । आज बिहान बसेको संसदीय दलको बैठकले खगराज भट्टलाई हटाएर धामीलाई चयन गरेको बताइएको छ । 

११ जना सदस्य रहेको प्रदेश संसदीय दलले भट्टलाई सन्तोषजनक काम नगरेको आरोपमा दलको नेताबाट हटाएको हो । 

भट्टलाई संसदीय दलको नेताबाट हटाउने निर्णयमा संसदीय दलका उपनेता अक्कलबहादुर रावल, मानबहादुर धामी, शिवसिंह ओली, ओमविक्रम भाट, लक्ष्मी बिक र गीतादेवी मालले हस्ताक्षर गरेका गरेका छन् ।

उनीहरूले संसदीय दल नेता परिवर्तन गरेको विषयबारे पत्र लेखेर सुदूरपश्चिम प्रदेश सभालाई पनि जानकारी गराएका छन् ।

टिप्पणीहरू