रवि लामिछाने भारत भ्रमणमा
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारत गएका छन् । उनी भिस्तारा एअरलाइन्सको उडान नम्बर युके १५८ मा काठमाडौंबाट बिहान ११ बजे नयाँ दिल्ली प्रस्थान गरेको बताइएको छ ।
लामिछानेसँगै उपसभापति डोलप्रसाद अर्याल पनि त्यता गएका छन् । रास्वपा स्रोतका अनुसार उनीहरु नयाँ दिल्लीमा पार्टी शुभेच्छुकहरुले आयोजना गर्ने कार्यक्रममा सहभागी हुनेछन् ।
टिप्पणीहरू