नेपालमा जन्मिएका र अमेरिकामा जन्माउन खोजिएका सन्तानबारे राप्रपामा कलह

नेपालमा जन्मिएका र अमेरिकामा जन्माउन खोजिएका सन्तानबारे राप्रपामा कलह

राष्ट्रवादबारे चर्का धारणा राख्ने राप्रपाका नेताहरु राष्ट्रियताको कुरालाई लिएर आरोप–प्रत्यारोपमा उत्रिएका छन् । 

अध्यक्ष राजेन्द्र लिङ्गदेनको एउटा टिप्पणीको केन्द्रीय सदस्य तथा कलाकार रेखा थापाले सामाजिक सञ्जालबाट प्रतिवाद गरेपछि पूर्वपञ्चहरुको पार्टी राप्रपाका नेताहरु आमने–सामने भएका हुन् । 

लिङ्गदेनले हिजो एक कार्यक्रममा थापातर्फ संकेत गर्दै ‘एक महिला सन्तान जन्माउन अमेरिका गएको’ टिप्पणी गरेका थिए । त्यसको प्रतिवादमा रेखाले लिङ्गदेनमाथि उल्टै गम्भीर प्रश्न उठाएकी छन् । ‘देशको माया हुनेले आफ्नो सन्तान नेपाल फिर्ता बोलाए हुन्थियो !! अमेरिकामा किन राखेको ?’ उनको प्रश्न छ । 

रेखाका अनुसार लिङ्गदेनकी छोरी हाल अमेरिकामा छिन् भने छोरा मिसिनरी स्कुलमा पढेका हुन् । ’आफ्नो छोरा मिसिनरी स्कुल पढाउने, छोरी अमेरिका पठाउने अनि जनताका बीचमा गएर सबैलाई उपदेश दिने नैतिकता कस्तो हो कुन्नि ?’, उनको प्रश्न छ । 

रेखाले सबै पोल खोलिदिएपछि पार्टीभित्रै एकथरीले लिङ्गदेनले सरकार र व्यवस्थाको विरोधका लागि मात्र राष्ट्रवादको साहारा लिएको भन्न थालेका छन् । दिनहुँ हिन्दुधर्म र राजसंस्था सम्बन्धमा चर्का कुरा गर्ने राप्रपाका अन्य नेताहरुको अवस्था पनि लिङ्गदेनको भन्दा फरक नभएको बताइन्छ ।

टिप्पणीहरू