बैंक खातामा नागरिकता किर्ते गर्ने महिला पक्राउ

बैंक खातामा नागरिकता किर्ते गर्ने महिला पक्राउ

अर्काको नागरिकता देखाएर बैंक खाता खोल्ने एक महिला पक्राउ परेकी छन् ।

काठमाडौं महानगरपालिका–२० बस्दै आएकी ४० वर्षीया सरस्वती खड्कालाई नागरिकता दुरुपयोग तथा बैंकिङ कसूरको अभियोगमा प्रहरीले नियन्त्रणमा लिएको हो । उनले अर्कैको नागरिकता पेश गरेर बैंकको केवाईसी विवरणमा आफ्नो फोटो टाँसी खाता खोल्नुका साथै चेक दुरुपयोग गरेको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी परिसर, काठमाडौंबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएर उनीउपर बैंकिङ्ग कसुर सजाय ऐन, २०६४ बमोजिम प्रहरीबाट आवश्यक अनुसन्धान गरिरहेको छ ।
 

टिप्पणीहरू