पर्यटनमन्त्रीको अर्को निर्देशन
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पशुपति क्षेत्र विकास कोषका जग्गामा बनेका अवैधानिक संरचनाहरु हटाउन निर्देशन दिनुभएको छ ।
पशुपति क्षेत्र विकास कोषको बोर्ड अध्यक्ष मन्त्री किरातीले कोषको जग्गामा रहेका सबै व्यावसायिक संरचना हटाउन निर्देशन दिनुभएको बताइएको छ ।
मन्त्री किरातीको अध्यक्षतामा बसेको बोर्ड बैठकले सबै अवैधानिक संरचना मिचिएका घर, टहरा खाली गराउने निर्णय गरेको हो ।
टिप्पणीहरू